धादिङ ।विभिन्न सीपमुलक तालिमका लागि प्रदेश युवा परिषद् बागमतीले आवेदन फाराम खुल्ला गरेको छ ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती धादिङले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो ।
वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवा लक्षित आवेदन फारम खुल्ला गरेको जिल्ला युवा समिति धादिङका प्रदेश युवा स्वयंसेवक सपना दाहालले जानकारी दिनुभयो ।
इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजातसहित चैत २२ गतेभित्रमा जिल्ला युवा समिति धादिङको कार्यालयमा फाराम बुझाउनुपर्नेछ ।
विशेष गरि निर्माण क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र, होटल तथा पर्यटन क्षेत्र र नर्सरी तथा गार्डेन व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिनेछ ।
१६ देखि ४० वर्ष सम्मका युवाहरु सहभागि हुन पाउनेछन् ।आवेदन फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ ।
आवेदन फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ । त्यस्तै अनलाइन फर्म मार्फत आवेदन दिनको लागि https://docs.google.com/forms/d/e/1FAIpQLScq2VH2P5QpPj7oOe1hSkPlAnwaKUDOgKUkHajh6BjsabCWWA/viewform मार्फत दिन सकिनेछ । सो तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निशुल्क सञ्चालन हुनेछ ।
थप जानकारीको लागि
जिल्ला युवा समिति धादिङ,जनजिविका होटल अगाडी
सम्पर्क नंः९८४३२५३८६९
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |