धादिङ-धादिङको गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारत विहार प्रदेश मोतिहार २५ बर्षिय राज किशोर कुमार र भारत विहारकै पुर्वी चम्पाहरणका २३ बर्षिय पवन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सोमबार थाक्रे गाउँपालिका वडा नं–४ कामराङकी १६ बर्षिया सुशिला लामाको कानमा लगाउने सुनको रिङ सफा गरिदिने भन्दै ललाई फकाई गरी केमिकलको प्रयोग गरेर सफा गरि सुन ठगी गरेको भन्ने सूचना पाएपछी ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुईजनालाई धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्यादथप गरी अनुसन्धान कार्य भईरहेको छ। उनीहरुको साथबाट सुन पेल्ने काठ, तारको व्रस, हथौडा, चिम्टी, तेजाव, मट्टितेल समेतको दशीहरु वरामद गरिएको प्रहरीले जनाएको छ।
गाउँगाउँमा यस्ता कार्यबाट आम नागरिक ठगिन सक्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |