काठमाडौं । ललितपुर ईमाडोल–२ का ३३ वर्षीय धर्मराज विष्टको हत्यामा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–७ घर भई ललितपुरको ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) भन्ने सोभिता थापा रहेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२२ शंखमुलस्थित २०६४ असार २६ गते विष्टलाई सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
घटना पश्चात फरार रहेकी सोभितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोमबार ललितपुर ढोलाहिटीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |