धादिङ,२८ बैशाख।
धादिङको नीलकण्ठ नगरपालिका ३ बाट हात हतियार खरखजना मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.१ केराबारी बस्ने केराबारी कान्छा भन्ने बिनोद बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरुङलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतले २०७८ मंसिर १४ गतेको आदेशले ४ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो ।
फरार रहेका गुरुङलाई खोजतलास गर्ने क्रममा बैशाख २६ गते मंगलबार पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |