होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम
धादिङ १२ पुष । धादिङको धुनिबेशी नगरपालिकामा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को सँयुक्त आयोजनामा घरवास तथा होमस्टे सँचालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न भएको हो ।
तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने जानकारी गराईनुका साथै विभिन्न खानाका परिकार, सुप, सलाद बनाउने तरिका र स्थानिय खानाका परिकार बनाउने विधिका बारेमा सहभागिहरुलाई प्रशिक्षकहरुले तालिम दिएको धुनिबेशी वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रमेश प्रसाद आचार्यले बताउनुभयो । विभिन्न वडाका ६५ जना भन्दा बढिको सहभागिता रहेको तालिममा प्रमाण पत्र समेत प्रदान गरिएको छ भने धुनिबेशी नगरपालिकाले प्रशिक्षकहरुलाई पनि प्रशंसा पत्र प्रदान गरेको छ । तालिममा सहभागीहरुले सिकाई उपलब्धी मुलक रहेको भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |