औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न निर्देशन दिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ती औषधिको प्रयोगका लागि सिफारिस नगरेकोले ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएको भन्दै औषधि व्यवस्था विभागले उपभोक्ता र सरोकारवालालाई प्रयोग नगर्न निर्देशन दिएको हो।
डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका एन्टिबायोटिकको सूची प्रकाशन गरेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताउनुभयो।विभागले त्यस्ता एन्टिबायोटिकको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरूप एन्टिबयोटिकबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ।
विभागमा दर्ता भएका र नभएका तथा डब्ल्यूएचओबाट सिफारिस नगरिएका एन्टिबायोटिकको सम्मिश्रणहरू र ती एन्टिबायोटिकको सम्मिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ/दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता एन्टिबायोटिकको सम्मिश्रणको उत्पादन अनुज्ञापत्र, बजार बिक्री वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |