धादिङ,११ बैशाख ।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि बैशाख १२ गतेदेखि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ ।
आईतबार धादिङ जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गर्दै प्रदेश स्तरीय खेलकुदको लागि बैशाख १२ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता गर्ने जनाएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा महिला/पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा धादिङ जिल्लास्तरीय खेलाडी छनोट गरिने धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट र फुटबल रहेको छ । बैशाख १२ गते व्याडमिन्टन,१३ गते एथ्लेटिक्स, १४ गते कँराते, आईटिएफ तेक्वान्दो, क्रिकेट र बक्सिङ खेलको छनौट प्रतियोगिता हुने छ भने भलिबल र फुटबलको छनौट प्रतियोगिता भने बैशाख १५ गते हुने अध्यक्ष तामाङले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिले प्रत्येक खेलको लागि सम्पर्क व्यक्ति समेत तोकेको छ ।यसअघि बागमती प्रदेश खेलकुद विकास परिषद्ले गत चैतमा नै जिल्ला छनौट गरी खेलाडीको नामावली पठाउन पत्राचार गरेको थियो । त्यहीअनुसार बागमती प्रदेशका जिल्लाहरु जिल्ला छनौटमा जुटेका थिए ।
धादिङमा पनि चैत्र २५ गतेदेखी धादिङ जिल्लास्तरीय खेलाडी छनौटको मिति तय भएको थियो । तर परिषद्ले छनोट नगर्न आव्हान गरेसँगै जिल्लामा खेलाडी छनोट कार्यक्रम स्थगित भएको थियो ।
परिषद्ले पछी फेरी खेलाडी छनौट गर्न पत्राचार गरेसँगै जिल्लामा १२ गतेदेखी खेलाडी छनोट प्रतियोगिता गर्न लागिएको हो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |