धादिङ,२७ जेठ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित गैरीगाउँबाट १२ तोला सुनको गरगहना र १२ लाख नगद चोरी भएको छ ।
गएराती करिब १ बजेको समयमा सोही ठाउँका भिम बहादुर बलकोटीको घरबाट १२ तोला सुन र १२ लाख नगद चोरी भएको हो । कच्चि घरको मुल ढोकाको ताला तोडी माथिल्लो तलामा रहेको एक स्टिल बाकस फोडेर सुन र नगद चोरी भएको बलकोटीले बताए ।
उनले भने,‘आफु सलाङको साना किसान कृषी सहकारी संस्थामा पशु प्राविधिकका रुपमा कार्यरत रहेकाले ऋण, किस्ता र बचत रकम संकलन गरि घरमा आफुसँग भएको सुनका गहनासँगै बाकसमा राखेको थिए, श्रिमतीले बाकसको चाबी बाहिर हराउन सक्छ भनेर बाकससँगैको साबुनको काटनमा राखिछिन्,राती चोरी भयो।’
राती गाउँलेले चोर आयो भनेर लखेटेको थाहा पाएपछी हेर्दा आफनै घरबाट चोरी भएछ,बलकोटीले भने ।लामो समय सोही घरमा बस्दै आएको र पक्की घर निर्माण सम्पन्न भएपछि केही दिन अघिमात्रै नयाँ घरमा सरेको उनले बताए ।
उनले लुटिएको नगद र गहना खोजीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ समक्ष उजुरी दिएका छन्। मानिस नभएको घरबाट चोरी भएको कारण चोरी गर्ने नजिकैका वा चिने जानेकै मान्छे हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरी परिचालन गरी चोरीमा संलग्नको खोजीकार्य कार्यलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |