धादिङ । सदरमुकाम धादिङबेशीमा १५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङको आयोजनामा सोमबार धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३८ महिला र ११४ पुरुष गरी १५२ जना रक्तदान गरेका लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङका प्रथम उपाध्यक्ष विक्रम विकले जानकारी दिनुभयो।
गर्मी मौसममा बढ्न सक्ने संक्रामक रोगका कारण हुन सक्ने रोगका अभावलाई परिपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्ण ढकाल (शिशिर) ले बताउनुभयो ।
आफ्नो ४२औं जन्मोत्सव रहेको र संस्थाले पनि सोमबार नै रक्तदान कार्यक्रम आयोजना गरेकोले रक्तदान कार्यक्रममा लागेको खर्च ढकाल आफैले व्यहोर्नु भएको हो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |