चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङबाट १६ किलो अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ बस्ने १९ वर्षीय जिवन लामा र २२ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बिहीबार दिउँसो बागमती प्रदेश ०३-००४ प २९१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |