धादिङ,१३ श्रावण।
धादिङको थाक्रे गाउँपालिका–२ बाट १ किलो ९५० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ बस्ने ३१ वर्षीया शर्मिला मगर रहेकी छिन् ।
शनिबार बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी निरीक्षक डबलबहादुर बमको टोलीले मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा सवार मगरको झोला चेक गर्दा त्यसमा टेपले बेरेको दुई वटा पोका गाँजा (पोल्यान्ड) फेला परेको प्रहरीले जनाएको छ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |