धादिङ । २ सय १ किलोग्राम गाँजासहित धादिङका दुई युवक पक्राउ परेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवालबाट शुक्रबार राति धादिङको निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ ।
प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |