धादिङ,०६ असार।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको CRYSTAL QUARTZ (रुवी ढुङ्गा)सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको साविक रि गा.बि.स.वडा नं.२ स्थाई घर भई हाल निलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजार बस्ने बर्ष ७२ को गंगा बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी)सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
गुरुङले आफ्नै घरमा जीवन पत्थर सेन्टर नामक पसल खोली अबैध रुपमा बिभिन्न प्रकारको रुवी ढुङ्गा उत्खनन, ओसारपसार तथा संकलन गरी बिक्री बितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको जैसवारले बताउनुभयो।
उनको घर पसल खान तलासी गर्दा बिभिन्न प्रकारका पत्थर र धातु जडित औंठीहरु ३१ थान, कटिङ गरी सकेको २ सय २५ किलो १५० ग्राम बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ बरामद गरिएको छ ।
पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीको लागि तालुक खानी तथा भु–गर्भ विभाग लैनचौर काठमाण्डौ पठाइएको सूचना अधिकारी जैसवारले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |