धादिङ । बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट ५ किलो गाँजा सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका-३ बस्ने २४ वर्षीय विनोद तामाङ र २० वर्षीय रेशम तामाङ रहेका छन् ।
आइतबार बिहान प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा२ ख १४१० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |