धादिङ २९ मंसिर । नागरिकतामा थर संशोधन गर्न समस्या भोग्नु परेकोे धादिङका दलित समुदायले गुनासो गरेका छन् । आज (बुधबार) जिल्ला प्रशासन कार्यालय धादिङमा भएकोे दलित हक अधिकार कार्यन्वयन सम्बन्धमा छलफलको क्रममा सहभागिहरुले नागरिकतामा थर परिवर्तन गर्न निकै झन्झट व्यहोर्नुपरेको बताएका हुन् ।
राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटिको अध्यक्षता आज प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, प्रहरी प्रमुख, दलित अधिकारकर्मी लगाएत सँग छलफल गरिएको हो । सोही क्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटिले ऐनमा व्यवस्था हुँदाहुँदै पनि नागरिकताको थरहरु संसोधन नभएको हुँदा ऐन कानुनमा भएका कुराहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने उद्धेश्यले यस्ता कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । स्थानीय तहमा दलित समुदायको उत्थानको लागि निति तथा कार्यक्रम कसरी अगाडी बढाईरहेको छ ? जातीय विभेदका मुद्धाहरु आउछन् की आउदैनन् ? छुवाछुत निगरानी केन्द्रहरुको गठन गरिरहनुभएको छ वा छैन लगाएतको विषयमा छलफल गर्दै आएको उहाँको भनाई छ ।
त्यस्तै पुर्काेटिले पुष मसान्तसम्म छुट भएका थरहरु सूचीकरणमा राख्ने योजनामा रहेको बताउनुभयो । स्थानीय तहले दलित समुदायका लक्षितका कार्यक्रमलाई कार्यन्वयनमा लैजान आग्रह समेत गर्नुभयो । धादिङमा जातीय विभेदका घट्नाहरुमा राजनीतिक दलहरुलको हस्ताक्षेप हुदाँ जातीय विभेदका घट्नाहरु कम देखिएको, स्थानीय तहले ल्याएको दलित समुदाय लक्षित कार्यक्रम कायन्वयन नभएको लगाएतका गुनासाहरु सहभागिहरुले राखेका थिए । छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जिल्ला प्रशासन कार्यालय धादिङमा जातिय विभेदका मुद्धाहरु अहिलेसम्म नआएको बताउदै प्रशासनले सबैलाई समावेशी ढंगले सेवा प्रदान गरेको बताउनुभयो । यसैगरी नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा लगाएत वडाका दलित जनप्रतिनिधीहरुसँग पनि छलफल गरिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |