काठमाण्डौ । पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्थाहरुमा खुवाइने मन्त्रालयले जनाएको छ ।
बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम कम गर्न बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदै आएको छ ।
वर्षमा दुई पटक हुने यस कार्यक्रमअन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |