धादिङ । धादिङको बिभिन्न स्थानमा आज दिनभर विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सुचना जारी गर्दै रुखका हाँगाबिगा काट्ने, जम्पर सुधार गर्ने र अन्य आवश्यक मर्मत सम्भार गरिने भएकोले जिल्लाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने जनाएको छ।
अहिले बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजे सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
आउदै गरेको तिहार र छठ पर्वलाई मध्यनजर गर्दै देविघाट सवस्टेशनबाट रातमाटे सवस्टेशनसम्मको ३३ के.भी. प्रशारण लाइनको तारुकाघाट खाल्टे–धादिङबेशी खण्ड अन्तरगत धादिङबेशी र सल्यान्टार सवस्टेशनबाट वितरण गरिने सबै फिडर क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ।
नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाका १ र २ वडा, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र आरुघाट गाउँपालिकाका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने सुचनामा भनिएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |