धादिङ।धादिङको थाक्रे गाउँपालिकामा एक युवकको र सिद्धलेक गाउँपालिकामा एक बृद्धाको हत्याका आरोपित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीया आवाज चेपाङ हत्या आरोपमा छिमेकी ४३ वर्षीय इश्वर चेपाङ र उनका छोरा २४ वर्षीय माइकल चेपाङलाई प्रहरीले पक्राउ गरि बिहिबार जिल्ला अदालतमा पेश गरेको छ ।
तिनवर्ष अघि आफ्नो श्रीमति लगेको भन्दै विवाद पछि असोज २४ गते धारिलो हतियारले हानेर ट्रमा सेन्टरमा उपचार गरिएका आवाज चेपाङको उपचारको क्रममा असोज २७ गते मृत्यु भएपछि आरोपित दुई जनालाई पक्राउ गरि अदालतको अनुमतिले अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
यसैगरी सिद्धलेक गाउँपालिका वडा नम्बर ६ की ८६ वर्षीया सुन्तली घलेको हत्या आरोपमा एकजना युवक पक्राउ गरिएको छ।
घलेको शव ०८१ कात्तिक १ गते आफ्नै घर नजिक फेला परेको र गाउँबासीले देखेपछि आरोपित भागेको स्थानीयबासीको भनाइ छ।आरोपितको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।
दुबै घटना अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |