धादिङ । धादिङमा झण्डै ६ सय जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमित २ पुरुष र ३ महिला रहेकोे विवरणमा उल्लेख गरिएको छ।
यो सँगै जिल्लामा चालु आर्थिक बर्ष २०८१-८२ को साउनयता हालसम्म ५९७ जना संक्रमित भएका छन् । जसमा ३ सय २० पुरुष र २७७ महिला छन् ।
विवरण अनुसार सबैभन्दा बढि संक्रमित बेनिघाट रोराङ गाउँपालिकामा १९१, नीलकण्ठ नगरपालिकामा १०७, गल्छीमा ७२, गजुरीमा ५८, सिद्धलेकमा ३७, थाक्रेमा ३३, ज्वालामुखी १८, त्रिपुरासुन्दरीमा ७, गंगाजमुनामा ५, धुनिबेशीमा ४ र नेत्रावती डवजोङ,रुवीभ्याली र खनियाबास गाउँपालिकामा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बाहिरी जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख गरिएको छ।
नेपालमा सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हाल हुम्ला जिल्ला बाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ।
अहिलेसम्म देशभर २८ हजार दुई सय भन्दा बढिमा सङ्क्रमण पुष्टि भएको छ। नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ ।
डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |