धादिङ पुष ६ । नेपाल नगरपालिका संघको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका भीम प्रसाद ढुंगाना निर्वाचित हुनु भएको छ । काठमाडौँमा सम्पन्न ८ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा ढुंगाना दलिय सहमतीमा सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् ।
ढुंगानाको नेतृत्वमा ४४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संघका उपाध्यक्षमा चौतारा साँगा चोकगढी नगरपालिकाकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, महासचिवमा घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता ढंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई र सह कोषाध्यक्षमा हेटौंडा उप महानगरपलिकाका प्रमुख मीना कुमारी लामा निर्वाचित हुनुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |