धादिङ पुष ७ । आठौं धादिङ महोत्सव आज बिहिवारबाट धादिङबेसी स्थित खुल्ला मञ्चमा सुरु भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजना भएको महोत्सव आज बिहीबारबाट पुस १७ गते सम्म संचालन हुनेछ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नु भएको हो ।
धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव पौष १७ गते सम्म संचालन हुदैछ । उद्घाटन अघि निलकण्ठ नपा ३ पुछारबजारबाट बाजागाजा सहित धादिङ बजार परिक्रमा गरिएको थियोे ।
उद्घाटन स्थलमा त्रिपुरासुन्दरी गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच, कुमाल समुदायको सोरठी,पन्चेबाजा, गल्छी बैरेनीबाट खैजेडी बजन ,गजुरी गाउँपालिकाको चेपाङ सस्कृति विभिन्न सहकारी संस्थाहरु ,महिला समुह ,जातिय संगठनहरुले आफ्नो पहिचानलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालीएको थियो ।
महोत्सवको उद्घाटन सत्रमा विभिन्न संघ,संस्था , उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल ,बरिस्ठ उपाध्यक्ष ,राजनीति दलका प्रतिनिधिहरु र नीलकण्ठ नगरपालिकाका कार्यवाहक नगरप्रमुख दिपक बिश्वकर्मा , गाउँपालिका अध्यक्षहरु कृष्ण प्रसाद थपलिया, भक्त बहादुर लामा , नवनिर्वाचित प्रदेश सांसद डम्बर बहादुर तामाङ ,मायादेवी शर्मा तथा प्रतिनिधि सभाका सदस्य रामनाथ अधिकारीले जिल्लाको समग्र आर्थिक विकासका विभिन्न आयामका बारेमा आ-आफ्नो भनाइ राख्नु भएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |