अडियोमा सुन्नुहोस
धादिङ,०२ फागुन ।
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरिमा आईचर ट्रकले किचेर एक बालकको मृत्यु भएको छ ।
सोमबार साँझ बा ३ ख ३३६० नम्बरको ट्रकले किचेर कुरिका सिंहबहादुर तामाङको १० बर्षिय छोरा रोहित तामाङ (बिक्सो) को घटनास्थलमै मृत्यु भएको खनियाबास–३ का वडाध्यक्ष कमानसिंह तामाङले जानकारी दिनुभयो । नुवाकोट त्रिशुलीबाट गाउँमा खाद्यान्न सामाग्री बिक्री गर्न गएको ट्रकले पछाडि ब्याक गर्ने क्रममा बालकको टाउकोमा किच्दा घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष तामाङले बताउनुभयो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वडाअध्यक्ष तामाङले बताउनुभयो । मृतक बालक कक्षा २ मा अध्ययनरत थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |