धादिङसहित देशभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भईरहेको छ ।वैशाख १ गते शुक्रबारबाट सुरु भएको सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आज चौथो दिन हो।
सप्ताह अभियान अन्तरगत सोमबार धादिङको निलकण्ठ नगरपालिकाले प्रभातफेरी गरेको छ। नगरपालिकाको पञ्जिकरण शाखाको आयोजनामा धादिङबेशीस्थित पुछारबजारदेखी नगरपालिका कार्यालयसम्म प्रभातफेरी गरिएको हो ।
प्रभातफेरीमा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |