धादिङ,०५ बैशाख।
धादिङमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा धुनिवेशीका १ र ज्वालामुखीका २ जनामा कोरोना सङ्क्रमण भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमित सबै होम आईशोलेशनमा रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ। योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ९२ जनाको नमुना परीक्षण गर्दा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा ८५ जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार चार सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |