धादिङ,०९ बैशाख।
धादिङका थप ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।
शुक्रबार नीलकण्ठ नगरपालिकाका ३ जना र त्रिपुरासुन्दरीका १ जना गरी ४ जनामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४२ पुगेको छ।
स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २० जना पुरुष र २१ जना महिलामा स्क्रब टाइफस संक्रमण भएको छ ।
धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।
माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |