धादिङ,२२ बैशाख ।
२५६७ औं वुद्व जयन्तीको अबसरमा धादिङबेशी स्थित थेग्पा छेन्पो गुम्बा तथा विहारमा ६२ जनाले रक्तदान गरेका छन् ।
नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी धादिङको आयोजना, धादिङबेशी तमु समाजको सह–आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ वल्ड सर्कलको सहकार्यमा आज भएको रक्तदान कार्यक्रममा ४३ जना पुरुष र १९ जना महिला जम्मा ६२ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |