धादिङ,२२ बैशाख ।
सदरमुकाम धादिङबेशीमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु भएको छ ।
उत्तम फाउन्डेसनको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षणमा आजदेखी नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु भएको हो ।
धादिङबेशीको मरणघाट निर्माण तथा परेवाटार धादिङमा चारधाम निर्माण सहयोगार्थ एवम् पितृउद्धारार्थ कामनाको उद्देश्यले आयोजना गरिएको महायज्ञको आज नीलकण्ठ नगरपालिकाकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुङ्गानाले धादिङबेशीको मरणघाटलाई व्यवस्थित गरिने बताउनुभएको छ । मरणघाटलाई पशुपति आर्यघाटको मोडलमा बनाईने भन्दै आफ्नो ठाउँ बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
महायज्ञको पहिलो दिन आज विहान ९ बजे आँसि खोलाको दोभानबाट सिरान बजार हुदै पुनःआँसी खोला दोभानसम्म कलसयात्रा गरिएको थियो ।
महायज्ञमा प्रत्येक दिन विहान नित्य पूजा,रुद्राभिषेक, चण्डी श्रीमद भागवत गीता, विष्णु सहश्रनाम, वेद पाठ एवम श्रीमद भागवत पाठ पारायण साथै नित्य हवन कार्यक्रम,दिउँसो संगितमय श्रीमद् भागवत कथा वाचन, भजन कृतन, झाँकी प्रदर्शन तथा दाता सम्मान कार्यक्रम र बेलुकी महात्म्य कथा प्रवचन, भजन कृतन, देव लीला झाँकी प्रदर्शन हुने संकल्पकर्ता तथा कथा वाचक बालतपस्वी उत्तम भट्ट महाराजले बताउनुभयो।
साथै महोत्सवमा प्रत्येक परिवारबाट २१ कुलका पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम पनि रहेको छ । बालतपस्वी भट्टको मुखारवृद्ध हुने महायज्ञमा तुलादान गर्ने,सवा लाख बत्ति बाल्ने, पितृको फोटो राख्ने, संस्थाको आजिवन अभिभावक मानार्थ सदस्य बन्ने भक्तजनलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ । महायज्ञ बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |