धादिङ,२८ बैशाख ।
अन्तराष्ट्रिय मार्शल आर्ट संघ नेपाल धादिङको अध्यक्षमा गौतम ठकुरी चयन हुनुभएको छ ।
बिहिबार धादिङबेशीमा भएको मार्शल आर्ट संघ सोतोकान कराते डो को प्रथम अधिवेशनले ठकुरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सुमन थापा, सचिवमा जयराम पाठक,कोषाध्यक्षमा मार्था तामाङ, सहसचिवमा सौरभ श्रेष्ठ र सदस्यहरुमा सुरज मल्ल, रमेश पौडेल चयन हुनुभएको छ ।
संघका अध्यक्ष ठकुरीको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको प्रमुख आतिथ्यता तथा कराँते धादिङका भिम बहादुर गुरुङ,तेक्वान्दो संघ धादिङका प्रदिप गिरी, मरियम तामाङको आतिथ्य रहेको थियो ।
कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष तामाङले कार्यसमितिलाई बधाई दिदैँ खेलकुदका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |