धादिङ,३० बैशाख।
धादिङको धुनिबेसी नगरपालिका-९ स्थित गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ ।
नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख प्रहरी उपरिक्षक गौमत मिश्रले जानकारी दिनुभयो ।
३३ यात्रु सवार रहेको बसको इन्जिनबाट धुँवा निसक्ने बित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय क्षति हुन नपाएको मिश्रले बताउनुभयो । बसमा लागेको आगो दमकल, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट बसको सबै सिट जलेर नष्ट भएका छ भने अगाडि र झ्यालका सबै सिसामा पूर्णरुपले क्षति पुगेको छ ।
बसमा आगलागी भएपछि केहीबेर अवरुद्ध बनेको सडक अहिले सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।तस्विर:राजाराम डंगोल
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |