धादिङ,०१ ज्येष्ठ ।
युवा संघ नेपालकोे ३४औँ स्थापना दिवसको अवसरमा धादिङबेशीमा ५७ जनाले रक्तदान गरेका छन् ।
नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका–३ धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको रक्तदान कार्यक्रममा ५१ जना पुरुष र ६ जना महिला गरी ५७ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
युवा संघले प्रत्येक वर्षको जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |