धादिङ,०२ ज्येष्ठ।
हिमाअस एजुकेशन कन्सल्टेन्सीले धादिङवेशीमा शाखा विस्तार गरेको छ ।
अस्ट्रेलियाबाट सुरु भएको हिमाअसले शाखा बिस्तार गर्नेक्रममा १७ औँ शाखा सदरमुकाम धादिङवेशीमा विस्तार गरेको हो । धादिङ जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी धादिङवेशीस्थित शान्त बजारमा शाखा विस्तार गरिएको कन्सल्टेन्सीका निर्देशक सुवास अर्यालले जानकारी दिनुभयो।
सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।
धादिङबाट ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने गरेको र काठमाडौ, पोखरा, चितवन लगायतका शहरहरुमा अध्ययनका लागि जादा मोटो रकम खर्च हुने भन्दै जिल्लामै बसेर अध्ययन गरी यहिबाटै विदेशमा अध्ययनका लागि प्रक्रिया अघि बढाउन कल्सल्टेन्सीले शाखा विस्तार गरेको निर्देशक अर्यालले बताउनुभयो ।
धादिङबेशी शाखाबाट अष्ट्रेलिया, क्यानडा, यूके लगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीलाई आएल्स, पिटी, कम्प्यूटर, जापनिज, कोरियन लगायत विभिन्न भाषाका कक्षाहरु सञ्चालन गरिने धादिङ शाखाका उत्तम सापकोटाले बताउनुभयो।
प्रक्रियाका लागि कागजातहरु तयार पार्ने, भिजा अप्लाइ गरिदिने लगायत सम्पुर्ण आवश्यक कामहरु यही शाखाबाट हुने सापकोटाले बताउनुभयो ।
सन् २००८ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालका बिभिन्न शहरहरुमा शाखा बिस्तार गर्दै आएको छ ।एक बर्ष अघि धादिङको बेनिघाट बजारमा पनि शाखा बिस्तार गरेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |