धादिङ,०६ ज्येष्ठ ।
भोलिदेखि हेटौडामा हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने जिल्लाका खेलाडीलाई बिदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङले शनिबार धादिङबेशीस्थित कभर्ड हलमा शुभकामना तथा बिदाई कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरेको हो ।
खेलाडीहरुलाई धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ सहित समितिका पदाधिकारी, बिभिन्न खेलकुद संघका अध्यक्ष,खेल प्रशिक्षक लगाएतले टिका र खादा लगाएर बिदाई गरेका थिए ।
कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष तामाङले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । विगतका प्रतियोगितामा पनि खेलाडीहरूले राम्रो खेल प्रदर्शन गरेको भन्दै अहिले पनि खेलाडीहरुलाई उच्च मनोबलकासाथ जिल्लाको नाम उचो पार्ने गरी आफ्नो खेल्न प्रदशन गर्न आग्रह गर्नुभयो ।
प्रतियोगीतामा धादिङबाट महिला÷पुरुष दुबैतफ ९ बिधा जसमा तेक्वान्दो, कँराते, उसु, आईटिएफ तेक्वान्दो, भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन र एथ्लेटिक्सको गरी ९४ जना पुरुष र ७७ जना महिला गरी १७१ खेलाडी सहभागि हुने तामाङले बताउनुभयो ।खेलाडीहरु भोलि बिहान हेटौडा प्रस्थान गर्ने बताउनुभयो ।
खेलाडीहरुलाई जेठ ४ गतेदेखि कभर्ड हलमा क्लोज क्याम्प राखिएको थियो।बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जेठ ७ गतेदेखि १३ गते सम्म हुने प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
जसमध्ये फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा, उसु र जुडो काठमाडौँमा र पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइने परिषद्ले जनाएको छ ।
प्रतियोगितामा विभिन्न बिधामा गरी प्रदेशभरबाट एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने जनाईएको छ ।
यी हुन् धादिङ जिल्लाबाट सहभागी हुने खेलाडीहरु :
भलिबल(पुरुष तर्फ)
१. मनोज श्रेष्ठ
२. अमन आले
३. मिलन घले
४. प्रकाश तामाङ
५. बुद्धिमान तामाङ
६. बिजय गुरुङ
७. शिरिष तामाङ
८. बिदुर ईटनी
९. मोहन तामाङ
१०. मुत्तिमान तामाङ
भलिबल(महिला तर्फ)
१. गंगा गुरुङ
२. सलिना गुरुङ
३. प्रतिक्षा थापा मगर
४. शर्मिला तामाङ
५. आकृति बराम
६. सुहाना थापा
७. सविना गुरुङ
८. पार्वति बराम
९. रोजिना बराम
१०. जमुना गुरुङ
तेक्वान्दो(पुरुष तर्फ)
१. पावल तामाङ
२. अभिषेक डल्लाकोटी
३. आयुस तामाङ
४. पासाङ तामाङ
५. नविन कुमाल
६. हेमन तामाङ
७. मनोज श्रेष्ठ
तेक्वान्दो(महिला तर्फ)
१. सुप्रिमा बजगाँई
२. शान्ति कुमाल
३. प्रमिता तामाङ
४. धना रहा डी मगर
५. कविता तामाङ
६. अमिसा तामाङ
पुम्से(पुरुष तर्फ)
१. धन बहादुर गुरुङ
२. सुरेश तामाङ
३. आशिष तामाङ
पुम्से(महिला तर्फ)
१. लक्ष्मि तामाङ
२. सुस्मिता गुरुङ
३. एलिसा तामाङ
कँराते(पुरुष तर्फ)
१. सुदिप तामाङ
२. निशान घले
३. विनोद श्रेष्ठ
४. करण गुरुङ
५. सुदिप श्रेष्ठ
६. सरोज तामाङ
७. निशान मल्ल
८. सन्दिप अधिकारी
कँराते(महिला तर्फ)
१. रिनिशा रिमाल
२. पुनम घले
३. सदिक्षा ढुङ्गाना
४. सविता तामाङ
५. स्वस्तिका तामाङ
६. रजनी तामाङ
७. दावरी तामाङ
कुमुते(पुरुष तर्फ)
१. सन्देश घले
२. करन गुरुङ
३. सुदिप श्रेष्ठ
कुमुते(महिला तर्फ)
१. पुनम घले
२. स्वस्तिका लम्साल
३. सविता तामाङ
काता(पुरुष तर्फ)
१. दिपराज गुरुङ
२. प्रदिप रम्तेल
३. सुजन श्रेष्ठ
४. सन्देश घले
व्याडमिन्टन(पुरुष तर्फ)
१. राम मल्ल ठकुरी
२. लक्ष्मण मल्ल ठकुरी
३. अस्विन थापा मगर
व्याडमिन्टन(महिला तर्फ)
१. बबिता पुरी
२. निष्ठा श्रेष्ठ
३. रुविना थापा
आईटिएफ तेक्वान्दो(पुरुष तर्फ)
१. प्रदिप श्रेष्ठ
२. निशान श्रेष्ठ
३. आकाश घले
४. रञ्जन कँडेल
आईटिएफ तेक्वान्दो(महिला तर्फ)
१. लक्ष्मि आले मगर
२. रस्मी कँडेल
३. रमी कँडेल
४. प्रतिक्षा बस्नेत
५. सन्जिता श्रेष्ठ
६. पावनि थपलिया
७. पवित्रा श्रेष्ठ
एथ्लेटिक्स (पुरुष तर्फ)
१. बिनोद खाँण ठकुरी
२. रुपिन तामाङ
३. अमन सुनार खाती
४. रुपेश नेपाली
५. विवेक मानन्धर
६. तारा बहादुर गुरुङ
७. सन्देश अधिकारी
८. विवेक थापा
९. पबिन आले
१०. विनोद थापा मगर
११. सुवास बराल
१२. सरोज अधिकारी
१३. सम्राट तामाङ
१४. रोजन श्रेष्ठ
१५. इमान कोइराला
एथ्लेटिक्स (महिला तर्फ)
१. हिरा कुमाल
२ं नम्रता श्रेष्ठ
३ं सविना सिन्तान
४. संगिता आले
५. संगिता सापकोटा
६. लक्ष्मी थापा
७. अप्सरा गुरुङ
८. समिक्षा प्रजा
९. प्रमिला श्रेष्ठ
१०. सलिना श्रेष्ठ
११. रेनुका पण्डित
१२. रञ्जिता शाक्य
१३. दिपिका श्रेष्ठ
१४. अनिषा श्रेष्ठ
१५. सरला गजुरेल
उसु (पुरुष तर्फ)
१. संगम लामा
२. पेमा लामा
३. एम्विसन लामा
४. लोकेन्द्र तामाङ
५. विशाल सुवेदी
६. युनिक खड्का
७. लब्जि यदिमगर
उसु (महिला तर्फ)
१. आरोहि लामा
२. मुना तामाङ
३. राशी लामा
४. सञ्जिता तामाङ
५. प्रिन्सेस खतिवडा
६. ओमकुमारी तामाङ
७. डोमा लामा
क्रिक्रेट(पुरुष)
१. श्याम त्रिपाठी
२. आरम्भ तिम्लसिना
३. विश्वास श्रेष्ठ
४. कौशल रुपाखेती
५. अनिल थापा
६. सप्निल अधिकारी
७. रुपेश भुजेल
८. श्रीकृष्ण उपाध्यय
९. दिपक ढकाल
१०. राजु ढकाल
११. दिवस कँडेल
१२. अमृत थापा
१३. सिर्जन पाण्डे
१४. अमृत लम्साल
फुटबल (पुरुष तर्फ)
१. विपिन कँडेल
२. श्रीकृष्ण तामाङ
३. ईश्वर गुरुङ
४. विमल तामाङ
५. सागर तामाङ
६. एकराज तामाङ
७. सर्जु गुरुङ
८. समिर गुरुङ
९. अजय वि.क
१०. सुर्य लामा
११. आशिष पर्जा
१२. प्रमोद श्रेष्ठ
१३. सन्तोष गुरुङ
१४. सुमन डंगोल
१५. शैलेन्द्र तामाङ
१६. रविन खनाल
फुटबल (महिला तर्फ)
१. अनु भुषाल
२. वविता सोस्तिक
३. विन्दा तामाङ
४. दुर्गा अधिकारी
५. शान्ति नेपाली
६. संगिता तामाङ
७. गृवमा तामाङ
८. रविना गुरुङ
९. सुस्मिता तुलाधर
१०. सम्झना घले
११. सुस्मा गुरुङ
१२. रितु घले
१३. यशोदा शाहि ठकुरी
१४. सुस्मिता गुरुङ
१५. पार्वती घले
१६. सुजा माझि
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |