धादिङ,१२ ज्येष्ठ।
जिल्ला प्रशासन कार्यालय धादिङले वडाको सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
बिहिबार प्रशासनले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई दोहोरो निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउन स्थानीय तहका वडा कार्यालयहरुबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गरिएको जनाएको छ ।
वडाको सिफारिस भएका विषयमा निवेदन लेखिरहनु नपर्ने भएपनि त्यसका लागि आवश्यक कागजात भने अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी सूचनामा भनिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |