धादिङ,१२ ज्येष्ठ ।
बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले धादिङसहित प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।घटेको भाडा अनुसार अब धादिङबेशी-काठमाडौंको भाडा २५९ कायम भएको छ ।
८७ किलोमिटर दुरी रहेको धादिङबेशी-काठमाडौंको भाडा यसअघि २०७९ साउन ४ गतेबाट २७० थियो ।हिजो बिहिबारबाट भाडादर २५९ कायम भएको हो।
काठमाडौं-गल्छीको भाडा १३९ कायम भएको छ । यसैगरी धादिङबेशी-नारायणगढको भाडा २९८ कायम भएको छ । ९७ किमि दुरी रहेको धादिङबेशी-नारायणगढको भाडा यसअघि २०७९ साउन ४ गतेबाट ३११ थियो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ ।
काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयले जनाएको छ । नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू भएको मन्त्रालयले जनाएको छ ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए। नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो ।
लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |