धादिङ,२४ असार।
धादिङका थप २२ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
आज आईतबार एकैदिन १० जना पुरुष र १२ जना महिला गरी २२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये रुवीभ्यालीका १, ज्वालामुखीका १ र नीलकण्ठ नगरपालिकाका २० जना रहेका छन। शुक्रबार पनि नीलकण्ठका १२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १ हजार ४४९ जना पुरुष र १ हजार २७० महिला छन् ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ७७० जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८३, ज्वालामुखीमा १०५, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९३, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा १८, नेत्रावती डवजोङमा १६ जनामा संक्रमण पुष्टि भएको छ।
यो तथ्याङ्क चालु आर्थिक बर्षको २०७९ साउन १ देखी २०८० असार २४ गतेसम्मको हो। नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै धादिङमा डेङ्गीका बिरामी बढ्न थालेका छन् ।
बस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयष्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।
डेङ्गीले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ ।
लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ ।
यस्तै, मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गी देखिएको र डेङ्गीबाट ८८ जनाको ज्यान गइसकेको छ ।नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।
सन् २००५ मा भने डेङ्गीका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |