धादिङ,२४ असार।
धादिङका जनप्रतिनिधि र सञ्चारकर्मीसँग जलवायु परिवर्तन सचेतना गोष्ठी सम्पन्न भएको छ।
डिभिजन वन कार्यालय धादिङको आयोजनामा वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तरगत जलवायु परिवर्तन सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको हो।
बढ्दो जलवायु संकटलाई न्यूनिकरण गर्न जनचेतना अभिवृद्धि बढाउने र बढ्दो जलवायू संकटको विषयमा सञ्चारकर्मीहरु र सरोकारवालाहरुको ज्ञानलाई पुनर्ताजगी तथा संकटका नयाँ आयामहरुका विषयमा जानकारी गराउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो।
गोष्ठीमा डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले नेपालमा जलवायु परिवर्तन, जलवायू परिवर्तनका कारणहरु, असर तथा न्यूनिकरणका प्रयासहरु, रेड र रेडप्लसला अवधारण लगायतका विषयमा जानकारी गराउनुभएको थियो।
अहिले भईरहेको औधागिक विकासको गतिलाई रोक्न सके मात्रै जलवायु परिर्वतनको असरलाई केहि हदसम्म न्यूनिकरण गर्न सकिने डिभिजन कार्यालय धादिङका वन अधिकृत अजय विक्रम मानन्धरले बताउनुभयो ।
औधोगिक विकास तिव्र रुपमा बढिरहेकै कारण पृथ्वीको वायुमण्डलको तापक्रममा वृद्धि भईरहेको उहाँको भनाई थियो ।पेट्रोलियम पदार्थ तथा कोईला जस्ता ईन्धनको खपतमा कम गरि बायो ग्याँस, सौर्य उर्जा, जलविद्युतिय उर्जाको प्रयोगमा वृद्धि गर्न सके जलवायू परिवर्तनको असरलाई कम गर्न सकिने बताउनुभयो ।
नविकरणिय उर्जाको प्रयोग जस्ता स्वच्छ उर्जाको प्रयोग, कम हैसियत रुख विरुवा भएका ठाउँमा वृक्षारोपण गर्न नागरिकलाई सूसुचित गर्नेुपर्ने बताउनुभयो ।जलवायू परिवर्तनकै कारण यौनजन्य हिंसा समेतमा वृद्धि भईरहेको पछिल्लो तथ्याङ्कले देखाएको समेत डिभिजन वन अधिकृत मानन्धरले बताउनुभयो ।
यस्तै कार्यक्रममा जलवायू परिवर्तन सम्बन्धी समाचार, फिचर लेखनको लागि आवश्यक पर्ने जानकारी र सञ्चारकर्मीको भूमिका लगायत विषयमा सहायक वन अधिकृत टंक नारायण श्रेष्ठले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा भएको गोष्ठीमा डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वन सहजकर्ता सञ्जाल धादिङका प्रतिनिधिहरु,बिभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |