धादिङ,०७ श्रावण।
धादिङको निलकण्ठ नगरपालिका वडा नं ५ पतेनीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्।
पतेनी बस्ने बर्ष ७५ को राम बहादुर परियार आज अपरान्ह १२ बजे घरदेखी करिब ५ सय मिटर पश्चिमपट्टी खाल्टे–धादिङबेशी सडक खण्डको छेउमा मृत्यु अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले धादिङ आवाजलाई जानकारी दिनुभयो ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय सुनौलोबजार र जिल्ला प्रहरी कार्यालय धादिङबाट थप अनुसन्धान भइरहेको जैसवारले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |