धादिङ,०९ श्रावण।
धादिङबेसीमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।
पछिल्लो २४ घण्टामा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ। दिनहुँ संक्रमण बढेसँगै अस्पतालबाट सेवा प्रवाहमा कठिनाइ आउने भएपछि आज सरोकारवालाको आकस्मिक बैठक बसेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा हेल्प डेस्क सञ्चालन गर्नेदेखी आवश्यक जनशक्ति तयार गर्ने लगाएत बिभिन्न ५ बुँदे निर्णय गरेको छ ।
बैठकले समुदायस्तरमा जनचेतनालाई प्रभावकारी रुपमा अगाडी बढाउने, डेगुको वासस्थान खोज र नष्ट गर अभियानलाई निरन्तरता दिने, टोल विकास महासंघ, टोल विकास संस्था र स्थानिय समुदायलाई सक्रिय सहभागी गराउने निर्णय गरेको छ ।
त्यस्तै धादिङ अस्पतालमा विरामी भर्नाको लागि ठाउँ/वेड थप गर्न नसकिने र जनशक्ति अभावलाई पूर्ति गर्नको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्ने, विरामी व्यवस्थापन गर्नको लागि आवश्यक डेगु किट र औषधिहरुको व्यवस्थापन गर्नका लागि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय, प्रदेश आपूर्ती लाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्ता छन् ५ बुँदे निर्णय :
१. समुदायस्तरमा जनचेतनालाई प्रभावकारी रुपमा अगाडी बढाउने, डेगुको वासस्थान खोज र नष्ट गर अभियानलाई निरन्तरता दिने, जसको लागि टोल विकास महासंघ, टोल विकास संस्था र स्थानिय समुदायलाई सक्रिय सहभागी गराउने ।
२. धादिङ अस्पतालमा विरामी भर्नाको लागि ठाउँ / वेड थप गर्न नसकिने र जनशक्ति अभावलाई पूर्ति गर्नको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्ने ।
३. अस्पतालमा Fever Clinic, Help Desk संचालन गर्ने, National guidelines अनुसार विरामी भर्ना, Discharge गर्ने र सोका लागि स्वास्थ्यकमी मार्फत Counselling गर्ने, आवश्यक जनशक्तिको लागि नेपाल रेडक्रस सोसाइटी, नीलकण्ठ नगरपालिका, Social Volunteer Nepal लाई सहयोगको लागि अनुरोध गर्ने ।
४. विरामी व्यवस्थापन गर्नको लागि आवश्यक डेगु किट र औषधिहरुको व्यवस्थापन गर्नका लागि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय, प्रदेश आपूर्ती र EDCD लाई अनुरोध गर्ने ।
५. लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियानलाई निरन्तरता दिँदै Fogging गर्ने र सोको व्यवस्थापनको लागि नीलकण्ठ नगरपालिकालाई अनुरोध गर्ने
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |