धादिङ,१० श्रावण।
धादिङमा १५ वटा औषधि पसलको अनुगमन गरिएको छ।
जिल्ला बजार अनुगमन टोलीले सोमबार एकैदिन धादिङको नीलकण्ठ नगरपालिका, गजुरी र गल्छी गाउँपालिकामा सञ्चालित १५ वटा डेण्टल र औषधि पसलमा अनुगमन गरेको हो।
अनुगमन टोलीले नियम विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रिएका सामाग्री राखेका १२ वटा औषधि पसललाई १ लाख ४० हजार जरिवानासहित कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।
अनुगमन टोलीले नीलकण्ठ ३ धादिङबेशीमा रहेको पिपुल च्वाईस हेल्थ प्रा.लिलाई १० हजार,पाविल फर्मालाई ५ हजार, एम.टि.एच पोलिक्लिनिकलाई १० हजार, भैरवी देन्तो केयर नेपाल डेन्टल क्लिनिकलाई ५ हजार, हर्ष फार्मेशीलाई १० हजार जरिवाना गरेको छ ।
त्यस्तै गल्छी गा.पा ७ को स्मारिका फार्मेशीलाई ५० हजार, गल्छी गा.पा ६ को प्रेम मेडिकल हललाई १० हजार,सोही ठाउँको श्रेष्ठ औषधी पसललाई १० हजार,अर्याल मेडिसिन सेन्टरलाई ५ हजार, गजुरी गा.पा ६ को हाईवे वेल्फेयर पोलिक्लिनिक प्रालिलाई १० हजार,खतिवडा मेडिकललाई ५ हजार, मिलिजुली फर्मालाई १० हजार जरिवाना गरेको छ ।
यसैगरी धादिङबेशीको नीलकण्ठ मेडिकल हल,रुद्रकन्या मेडिको सेन्टर र गजुरीको सुन्दर फर्मालाई भने सचेत गराईएको घरेलु कार्यालयले जनाएको छ।
घरेलु कार्यालयका अनुसार अनुगमन गरिएका मध्ये धादिङबेशीमा रहेको पिपुल च्वाईस हेल्थ प्रा.लि, पाविल फर्मा, भैरवी देन्तो केयर, हर्ष फार्मेशी, गल्छीको प्रेम मेडिकल हल र अर्याल मेडिसिन सेन्टरमा म्याद गुज्रिएका सामाग्री फेला परेको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग,राष्ट्रिय उपभोक्ता मञ्च, स्वास्थ्य कार्यालय पत्रकार महासंघ,नीलकण्ठ नपा, गजुरी र गल्छी गापाका प्रतिनिधि सहभागी थिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार धादिङसहित देशैभरका औषधि पसलमा अनुगमन गरिएको छ।
फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिइ औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको थियो ।
अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |