धादिङ,३० श्रावण।
धादिङका थप ५ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।
मंगलबार २ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ३ जना,सिद्धलेक गाउँपालिकाका १ जना र नेत्रावती डवजोङका १ जना रहेका छन्।
यो संगै साउन १ देखि हालसम्म संक्रमीत हुनेको संख्या ३९ पुगेको छ।संक्रमितहरुमा १६ जना पुरुष र २३ जना महिला छन् ।
धादिङमा गत बर्ष २०७९/०८० मा पनि ४८ जनामा स्क्रब टाइफस देखिएको थियो ।धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |