धादिङ,३० श्रावण।
जिल्ला प्रशासन कार्यालय धादिङले आँखामा संक्रमण भएका व्यक्तिहरुलाई निको भए पश्चात मात्र सेवा लिन आउन अनुरोध गरेको छ।
प्रशासनले सोमबार एक सूचना जारी गरेर संक्रमण भएका व्यक्तिबाट अन्य व्यक्तिलाई समेत संक्रमण फैलिन सक्ने भन्दै संक्रमण भएका व्यक्तिलाई निको भएपछी मात्रै सेवा लिन आउन अनुरोध गरेको हो।
जिल्लामा हाल आँखा रातो हुने, चिलाउने, सुनिने तथा पाक्ने समस्या सरुवा रोगको रुपमा फैलदै गएको हुँदा उक्त संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच कलम तथा कार्यालयका अन्य राहदानी तथा राष्ट्रिय परिचय पत्रका बायोमेट्रियक विवरण संकलन उपकरण प्रयोग गर्दा अन्य व्यक्तिलाई समेत संक्रमण फैलिन सक्ने हुँदा आँखामा संक्रमण भएका व्यक्तिहरुले निको भए पश्चात मात्र सेवा लिन आउनु हुन अनुरोध छ,सूचनामा भनिएको छ।
साथै आँखा पाक्ने रोगबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु पनि अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |