धादिङ,०१ भाद्र।
धादिङ अस्पतालमा जनरल वार्ड निःशुल्क गरिएको छ ।
अस्पतालले आज एक सूचना जारी गरी ५ वेड आइसीयु, ५ बेड एनआइसीयु र १ वेड क्याबिन बाहेकका अन्य बेडहरु आजबाट बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
धादिङ अस्पतालमा हाल ५० बेड स्वीकृत रहेपनि आवश्यकताको आधारमा थपेर ९० बेडमा संचालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि भण्डारीले जानकारी दिनुभयो।
उहाँको अनुसार आजदेखी ७९ वटा जनरल वार्ड निःशुल्क गरिएको छ । अस्पतालले यसअघि अन्तरग शाखामा प्रतिदिन प्रति वेड एक सय र आकस्मिक शाखामा उपचार गरेबापत प्रति बेड एक सय लिँदै आएको डा.भण्डारीले बताउनुभयो।
साउन २८ गते बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतका १३ वटै अस्पताललाई परिपत्र गर्दै भाद्र १ गतेदेखि क्याबिन, आईसीयू र एनआईसीयूबाहेकका सम्पूर्ण बेड निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको थियो ।
अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा ८११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |