धादिङ,०२ भदौ।
त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका धादिङको निलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियारको सकु्शल उद्धार गरिएको छ।
शनिबार बिहान चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका परियारलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।
उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जिवितै उद्धार गरेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनी किन हामफाल्न खोजेका हुन् भन्ने नखुलेको थापाले बताए।परियारलाई उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |