धादिङबेसी,१७ भदौ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको अध्यक्षमा बिर बहादुर श्रेष्ठ चयन हुनुभएको छ।
शनिबार धादिङबेसी सम्पन्न भएको संस्थाको २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा उषा बि.क, सचिवमा गोबिन्द प्रसाद पण्डित, सह–सचिवमा सरिता चेपाङ, कोषाध्यक्षमा बिपिना सिंजाली मगर चयन हुनुभएको छ।
यस्तै सदस्यहरुमा गोमा तामाङ र सुरेन्द्र बि.कलाई चयन गरेको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |