धादिङ,२० भदौ।
निजामती सेवा दिवसको अवसरमा धादिङका पत्रकार र कर्मचारीबिचको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम बिजयी भएको छ।
कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा आज धादिङबेसीस्थित खुल्ला मञ्च(फुटबल ग्राउण्ड)मा भएको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टिमलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै कर्मचारीको टिम बिजयी भएको हो ।
दुवै तर्फबाट एक/एक गोल भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल संचालन गरिएको थियो ।कर्मचारी र पत्रकार बीचको सदभाव र भातृत्वलाई निरन्तरता दिन मैत्रीपूर्ण फुटबल खेलाइएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो।
धादिङमा निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्रले बिभिन्न खेलकुद लगाएतका कार्यक्रम आयोजना गरिरहेको छ।
हरेक वर्षको भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |