धादिङ–संविधान दिवसको अवसरमा धादिङबेशीमा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता हुने भएको छ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा असोज ३ गते संविधान दिवसको दिन नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा मैत्रीपूर्ण प्रतियोगिता हुने भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।
प्रतियोगितामा नीलकण्ठ नगरपालिका खाल्टेको प्रकाश मावि, बेनिघाट रोराङ गाउँपालिका मलेखुको बागेश्वरी मावि, सिद्धलेक गाउँपालिका सलाङघाटको जलेश्वरी मावि र धादिङ भलिबल ट्रेनिङ सेन्टर सहभागी हुने अध्यक्ष गुरुङले बताउनुभयो।
उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वनाको लागि ट्रफि प्रदान गरिने छ ।
भलिबल खेलको विकास तथा महिला खेलाडी उत्पादन र खेलको माध्यमबाट मित्रता र आपसी सम्बन्ध कायम गराउन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष गुरुङको भनाई छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |