धादिङ-धादिङबेशीबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्।पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.९ धारापानी बस्ने वर्ष ३५ को हरिशरण नेपाल रहेका छन् ।
उच्च अदालत पाटनले पक्राउ परेका नेपालविरुद्ध सिंगा बहादुर लामाको जाहेरीमा २०७९ पुस २६ गते ५ दिन कैद, १७ लाख जरिवाना, ६८ हजार क्षतिपुर्ति र विक्रम तामाङको जाहेरीमा २०७९ असार १४ गते २ दिन कैद, १७ लाख जरिवाना, ६८ हजार क्षतिपुर्ति गरी ७ दिन कैद, ३४ लाख जरिवाना र १ लाख ३६ हजार क्षतिपुर्ति हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका नेपाललाई असोज १ गते सदरमुकाम धादिङबेशी पुछारबजारबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नेपाललाई धादिङ अदालतमा पेश गरिएकोमा फैसला बमोजिमको रकम दाखिला गर्न नसकेपछी कारागार पठाईएको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |