धादिङका शिव सिलवाल र रूकुम पूर्वका महेश केसीलाई यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले आज आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार–२०८०’ वितरण समारोहमा नेपाल टेलिभिजनको धादिङ जिल्ला संवाददाता सिलवाल र कान्तिपुर टेलिभिजनको रूकुम पूर्वका संवाददाता महेश केसीलाई पुरस्कार प्रदान गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गर्नुभएको हो। पत्रकार हेम भण्डारी र क्यामेरा पर्सन सुनील सिहंको २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियोे ।
उहाँहरूको सम्झना नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन शाखाले २०६४ सालमा रू पाँच हजार राशिको पुरस्कार स्थापना गरेको थियो ।उक्त पुरस्कारको राशी यस वर्षदेखि रू एक लाख कायम भएको छ ।
पुरस्कार छनोट समितिका सदस्य दिलभूषण पाठकले २० पत्रकारका सामाग्री आएको र त्यसमध्ये उत्कृष्टलाई छानेको जानकारी दिनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |