धादिङ।सदरमुकाम धादिङबेशीस्थित बिचबजारमा राष्ट्रिय विभूती शंखधर साख्वाको शालिक अनावरण गरिएको छ ।
आईतबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले शाख्वाको शालिक अनावरण गर्नुभएको हो ।
शालिकसँगै ढुंगेधारा निर्माण गरी संचालनमा ल्याइएको छ भने चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुननिर्माण गरिएको छ । स्थानीय दाताहरुबाट संकलन भएको ३लाख ७५ हजार, टोल सुधार समितिको कोषमा रहेको १लाख ९४ हजार ३ सय गरी कुल ५ लाख ६९ हजार ४ सय लगानीमा शालिक, ढुंगेधारा र विश्रामस्थल निर्माण गरिएको बीच बजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो ।
यस्तै सोही ठाउँमा रहेको मन्दिरको पनि पुननिर्माण गरिएको छ ।सहयोगी दाताहरुबाट संकलन भएको १लाख ५४ हजार ६ सय र गणेश मन्दिर संरक्षण समितिको कोषको २ लाख ५७ हजार गरी ४ लाख ११ हजार ६ सय लगानीमा मन्दिरको पुननिर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |