धादिङ । प्रथम बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३मा भाग लिन जाने धादिङका तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ ।
बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा बंगलादेशको ढाकास्थित जिरामीमा कात्तिक २ देखि ४ गते (१९–२१अक्टुबर) सम्म हुने प्रतियोगितामा भाग लिन जाने धादिङका नौ खेलाडीहरूलाई मंगलबार शुभकामनासहित बिदाई गरिएको हो।
च्याम्पियनसिपमा प्रदिप गिरी(तौल समूह ८७), धन बहादुर गुरुङ (तौल समूह ५४), कैलाश श्रेष्ठ(तौल समूह ५१),आकाश श्रेष्ठ(तौल समूह ३४), रिजन श्रेष्ठ(तौल समूह ३८), रिदम श्रेष्ठ(तौल समूह २५), स्मृति श्रेष्ठ(तौल समूह २९), सुगम श्रेष्ठ(तौल समूह ३७) र दिन्याम्सु कँडेलले प्रतिस्पर्धा गर्ने छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |